नवौँ वृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन 

नवौँ वृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन 
प्रकाशित : :

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समाजलाई नैतिकवान बनाउने सन्दर्भमा पुस्तकले महत्व राख्ने बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको धनगढीमा आयोजित ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ को मंगलबार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘समाज परिवर्तनका लागि पनि पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पुस्तक भन्दाखेरी सामान्य ज्ञानका रुपमा विद्यालयमा लिइने शिक्षासँग जोडिने कुरामा मात्र होइन् ।’ उनले भने ‘बेद,महाभारत,गीता,विभिन्न खण्डकाव्य काव्य लगायतका सचनाका कुरा गर्नुस समाजलाई नैतिकवान बनाउने सन्दर्भमा,मानव सभ्यतालाई अगाडि बढाउने सन्दर्भमा त्यसले महत्व राख्दछ ।’

त्यस्तै उनले प्रदेश सरकार शिक्षा क्षेत्रलाई अगाडि बढाउने काममा लागेको बताए । चाहेका कुरा पनि सीमित स्रोत साधनका कारण समयमा काम गर्न नसकिएको उनको भनाइ थियो । यस्ता प्रदर्शनीले हामीले जानकारी नपाएका कुरा पनि प्राप्त हुन सक्ने उनले बताए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट