पुर्चौडीमा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी

पुर्चौडीमा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी
प्रकाशित : :

पुर्चौडी : बैतडीको पुर्चौडीमा बुधबार सुरु भएको तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता उत्साहका साथ जारी छ। पुर्चौडी नगरपालिका–१ स्थित त्रिवेणी धाम कमल विशाल पार्कमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन पाटन नगरपालिकाका प्रमुख गाैरीसिंह रावलले गरेका थिए।

पुर्चौडी खेलकुद विकास संघका अध्यक्ष अमिर ओडको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नगर प्रमुख दीपक बहादुर बम, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुवँर, शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशी, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार, कलाकार, शिक्षाप्रेमी, खेलप्रेमी, जिल्ला, प्रदेश र राष्ट्रिय रेफ्रीहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले व्यक्त गरेका थिए भने संचालन समिति सदस्य दिनेश नागरीले कार्यक्रमको सञ्चालन गरेका थिए।

पुर्चौडी नगरपालिकाको शिक्षा शाखाका अनुसार प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ। नगर क्षेत्रभित्रका १९ विद्यालयका विद्यार्थीहरूले विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा गरिरहेका छन्। शिक्षा शाखाका कम्प्युटर अपरेटर करन भण्डारीका अनुसार, प्रतियोगिताका हरेक दिन विद्यार्थीहरूबीच विभिन्न रोचक खेलकुद प्रतिस्पर्धाहरू सञ्चालन भइरहेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट