‘आउट ल: दफा २१९’ लाई धनगढीका दर्शकबाट उत्साहजनक प्रतिक्रिया, एसटीएसमा उच्च सहभागिता

‘आउट ल: दफा २१९’ लाई धनगढीका दर्शकबाट उत्साहजनक प्रतिक्रिया, एसटीएसमा उच्च सहभागिता
प्रकाशित : :

धनगढी : होलीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘आउट ल: दफा २१९’ धनगढीको एसटीएस सिनेमा हलमा दर्शकको उच्च सहभागिता सहित प्रदर्शन भइरहेको छ। हलमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ भने फिल्म हेरेपछि उनीहरूबाट जबरजस्त प्रतिक्रिया आइरहेको छ।

  • दर्शकको उत्साहजनक प्रतिक्रिया

धनगढीका दर्शकहरूले फिल्मलाई नेपाली एक्सन थ्रिलरको नयाँ प्रयोग भन्दै प्रशंसा गरिरहेका छन्। फिल्ममा राजनीति, अपराध, न्याय र शक्तिको दुरुपयोग जस्ता संवेदनशील विषयवस्तु सशक्त रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई गहिरो प्रभाव पारेको छ। भने धेरै जसो दर्शकहरु ले आउट लः दफा २१९ को दोस्रो सिक्वइलको प्रतिक्षा गरिरहेको समेत बताएका छन् ।

दर्शक रविन्द्र परियारल भन्छन्, “यसरी सशक्त राजनीतिक कथा बोकेको फिल्म मैले नेपाली सिनेमामा कमै देखेको छु, म जुन अपेक्षाको साथमा सिनेमा हेर्न आएको थिए त्यो मिट भएको छ।”

अर्का दर्शक पत्रकार समेत रहेका भानुभक्त आचार्यको भनाइ छ, “एक्सन, कथा र छायाङ्कनको संयोजन हेर्दा ‘आउट ल: दफा २१९’ एउटा फरक र उत्कृष्ट प्रयास लाग्यो।”

  • धनगढी मात्र होइन, देशभर उत्साहजनक प्रदर्शन

फिल्म धनगढी मात्र नभई, देशभरका अन्य हलहरूमा पनि उत्साहजनक रूपमा प्रदर्शन भइरहेको छ। डीसीएन मार्फत वितरण गरिएको यस फिल्ममा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ।

  • सुशील श्रेष्ठको दमदार अभिनय

विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन्। उनलाई नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतका कलाकारहरूले साथ दिएका छन्। फिल्मलाई अमित अग्रहरी ले निर्माण गरेका हुन् भने विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेका छन्।

  • राजनीति, अपराध र एक्सनको दमदार मिश्रण

फिल्ममा राजनीतिक शक्ति, अपराध र न्यायको विषयलाई सस्पेन्स र थ्रिलर शैलीमा प्रस्तुत गरिएको छ। एक्सन निर्देशक चुल्ठे काजीको स्टन्ट कोरियोग्राफी र नवीन गुरुङको सिनेमाटोग्राफीले फिल्मलाई भिजुअलले दमदार बनाएको छ।

तपाईलाई धनगढीका दर्शकहरुको प्रतिक्रिया कस्तो लाग्यो ? तपाईँले धनगढी वा अन्य ठाउँमा ‘आउट ल: दफा २१९’ हेर्नुभएको छ ? तपाईँको अनुभव कमेन्टमा सेयर गर्नुहोस् !

https://www.facebook.com/share/v/18RMY1NDBx

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट