संवैधानिक मार्गबाट निकास खोज्न प्रयत्नशील छु, संयम राखौँ : राष्ट्रपति

पौडेल समूह
प्रकाशित : :

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायराबाटै निकास खोज्न प्रयत्नशील रहेकाले संयमतापूर्वक शान्ति सुव्यवस्था कायम गर्न सबैसँग अपिल ‍गरेका छन्।

उनले देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्श एवं हर प्रयास गरेको जानकारी गराएका हुन्।

उनले भनेका छन्-  ‘आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट