कफी प्रेमीहरूका लागि, कफी प्रेमीहरूद्वारा: धनगढीमा द कफी क्लब सञ्चालनमा

कफी प्रेमीहरूका लागि, कफी प्रेमीहरूद्वारा: धनगढीमा द कफी क्लब सञ्चालनमा
प्रकाशित : :

धनगढी : कैलालीको धनगढीमा नयाँ कफी सप ‘द कफी क्लब’ सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। “For Coffee Lover, By Coffee Lover” (कफी प्रेमीहरूका लागि, कफी प्रेमीहरूद्वारा) भन्ने स्लो गन राख्दै घटस्थापनाको शुभ साइत पारेर कफी क्लबले धनगढी-२ मिलन चोकमा आफ्नो सेवा सुरु गरेको छ।

‘द कफी क्लब को उद्घाटन निशर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले गरेका थिए । सो अवसरमा उनले युवा पुस्ताले स्वदेशमै व्यवसाय सुरु गरेको देख्दा खुसी लागेको भन्दै व्यवसायीक सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा उपस्थित अन्य व्यवसायी तथा राजनीतिज्ञहरूले पनि सञ्चालक आकाश शाह र कफी क्लब टिमलाई व्यवशायीक सफलताको शुभकामना व्यक्त गरेका थिए।

सञ्चालक आकाश शाहले नेपालमै बसेर नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले कफी क्लब सुरु गरिएको बताए। उनले भने, “हामीले तपाईँले चाहे अनुसारको स्वादको कफी उपलब्ध गराउनेछौँ। यहाँहरूले माया गर्नुभयो भने हामी विदेश जाने सोच्दैनौँ, नत्र विकल्प खोज्न बाध्य पर्छौँ। सेवा गर्ने मौका दिनुहुने छ भन्नेमा विश्वस्त छौँ ।”

उनका अनुसार कफी क्लबले ग्राहकको रोजाइ अनुसारको ब्रान्डको कफी उपलब्ध गराउनेछ। उक्त उद्घाटन कार्यक्रममा धनगढीका विभिन्न युवा व्यवसायी तथा राजनीतिज्ञहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

जेन्जी पुस्ताका युवाहरूले सञ्चालनमा ल्याएको द कफी क्लबले स्थानीय स्तरमा उद्यमशीलताको राम्रो उदाहरण पेस गर्नुका साथै कफी मात्र नभई, युवाहरूको भेटघाट र विचार आदानप्रदान गर्ने नयाँ स्थलका रूपमा पनि योगदान दिने अपेक्षा गरिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट