कैलाली उद्योग वाणिज्य संघको चुनाव असोज २५ गते हुने

कैलाली उद्योग वाणिज्य संघको चुनाव असोज २५ गते हुने
प्रकाशित : :

धनगढी । कैलाली उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति निर्वाचन आगामी असोज २५ गते हुने भएको छ।

निर्वाचन समितिले असोज २५ गते शनिवारका दिन बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदान गर्ने गरी मिति तय गरेको हो।

निर्वाचन समिति संयोजक पदम सिंह कुँवरद्वारा जारी सूचनामा भनिएको छ, ‘देशमा विद्यमान असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति परिवर्तन गरिएको हो। नयाँ मितिअनुसार असोज २५ गते निर्वाचन सम्पन्न हुनेछ।’

संघको साधारण सभा र चुनावमा सहभागी हुन सम्पूर्ण सरोकारवालाहरुलाई समितिले अनुरोध गरेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट