ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ च्याम्पियनसिप २०८२ः फार–वेस्ट स्ट्रङ्गेस्ट पुरुष आशुतोष र महिला अनुष्का

ब्ल्याक स्टोन फिटनेस, धनगढीको आयोजनामा असोज १० गते सम्पन्न ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ च्याम्पियनसिप २०८२ मा पुरुषतर्फ आशुतोष पाण्डे र महिलातर्फ अनुष्का सुनार फार–वेस्ट स्ट्रङ्गेस्ट पावरलिफ्टर को उपाधि जित्न सफल भएका छन् ।
प्रकाशित : :

धनगढी : ब्ल्याक स्टोन फिटनेस, धनगढीको आयोजनामा असोज १० गते सम्पन्न ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ च्याम्पियनसिप २०८२ मा पुरुषतर्फ आशुतोष पाण्डे र महिलातर्फ अनुष्का सुनार फार–वेस्ट स्ट्रङ्गेस्ट पावरलिफ्टर को उपाधि जित्न सफल भएका छन् ।

प्रतियोगितामा कुल ३९ जना खेलाडीले विभिन्न तौल वर्गमा प्रतिस्पर्धा गरेका थिए भने ८ जना गेस्ट लिफ्टरहरूले सहभागिता जनाएका थिए। सहभागिहरु मध्ये सर्वाधिक बढी तौल उठाउँदै उनिहरु ले उपाधि जितेका हुन् ।

पुरुषतर्फ ६६ केजी मुनि वर्गमा आशुतोष पाण्डेले ४८७.५ किलो तौल उठाउँदै प्रथम स्थानसहित फार–वेस्ट स्ट्रङ्गेस्ट उपाधि जिते । यसै वर्गमा आशिम केसी दोस्रो र संगम बिष्ट तेस्रो भए।

७४ केजी मुनि तर्फ मिलन बहादुर धामी विजेता, रिजन घिमिरे दोस्रो र अनमोल नेपाली तेस्रो बने।

८३ केजी मुनि वर्गमा सरोज धामी विजेता भए भने गौरव भण्डारी दोस्रो र कमल राजपूत तेस्रो बने।

८३ केजी माथि वर्गमा सुरेन्द्र चौधरी विजेता बने। इन्द्र कुशमी दोस्रो र चित्रेश पनेरु तेस्रो भए।

महिलातर्फ ५२ केजी मुनि वर्गमा अनुष्का सुनारले २३२.५ किलो तौल उठाउँदै प्रथम स्थानसहित फार–वेस्ट स्ट्रङ्गेस्ट उपाधि जितिन्। यसै वर्गमा प्रेमा कुमारी आचार्य दोस्रो बनेकी थिइन्।

६३ केजी मुनि वर्गमा जानकी ओड विजेता, अनुपा नेपाली दोस्रो र दिपा ओझा तेस्रो भए।

६३ केजी माथि वर्गमा कञ्चन चन्द विजेता, कोपिला कुँवर दोस्रो र करिश्मा बिसी तेस्रो बने।

  • नगद पुरस्कार र सम्मान

आयोजकले फार–वेस्ट स्ट्रङ्गेस्ट पुरुष र महिला विजेतालाई जनही रु. १०,००० सहित ट्रफी प्रदान गरेको थियो।

त्यस्तै प्रत्येक तौल वर्गका विजेताहरूलाई क्रमशः प्रथमलाई रु. १०,०००, द्वितीयलाई रु. ५,००० र तृतीयलाई रु. २,५०० सहित गोल्ड, सिल्भर र ब्रोनज मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।

यसै गरी धनगढीकै व्यवसायी तथा जिम ट्रेनर गोविन्द केसीले आफ्नो व्यक्तिगत तर्फबाट विजेताहरू लाई जनही रु. ५,००० थप नगद पुरस्कार प्रदान गरेका थिए।

आयोजक ब्ल्याक स्टोन फिटनेसका सह–संस्थापक ज्ञानेन्द्रराज पाण्डेले प्रतियोगिताले सुदूरपश्चिमका युवामा शक्ति खेलप्रति आकर्षण बढाउने र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनिने अवसर दिने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा नेपाल वईटलीफ्टीङ टिमका कोच जीवन गौतम प्रमुख अतिथि रहेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट