पुर्चौडीमा देउडा कार्यक्रम सुरु, २६ जना देउडियाको सहभागिता

पुर्चौडीमा देउडा कार्यक्रम सुरु, २६ जना देउडियाको सहभागिता
प्रकाशित : :

बैतडी । पुर्चौडी नगरपालिका–१ हाट कफलखाना, गिरेगाडामा आयोजित देउडा कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। प्रगतिशील युवा क्लब भटनाको आयोजनामा भएको कार्यक्रममा स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रमको उद्घाटन पुर्चौडी नगरपालिकाकी उपप्रमुख मिना कुमारी धानुकले गर्नु भयो। उद्घाटन समारोहमा क्लबका अध्यक्ष तथा सभाध्यक्ष करन प्रसाद भट्ट, पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर ब. नेपाली सहित विभिन्न स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सुरु गरिएको हो।

उपप्रमुख धानुकले देउडा जस्ता मौलिक संस्कृतिले समाजमा एकता र पहिचानको भावना बलियो बनाउने बताउँदै यस्ता कार्यक्रमले युवा पुस्तामा सांस्कृतिक चेतना जगाउने विश्वास व्यक्त गर्नुभयो।

उक्त प्रतियोगितामा जिल्ला बाहिर र भित्रका गरी २६ जना देउडियाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा पछिल्लो समयका चर्चित युवा देउडिया जे.आ.भट्ट लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो ।

देउडा कार्यक्रम दुई दिनसम्म चल्नेछ। आयोजकका अनुसार भोलि कार्तिक १४ गते पनि विभिन्न प्रतिस्पर्धात्मक प्रस्तुति र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्।

पुर्चौडीमा देउडा कार्यक्रम सुरु, २६ जना देउडियाको सहभागिता

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट