गायक भरत बोहोराको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा ‘ओई काली’ बोलको गीत सार्वजनिक गरेका हुन्।
प्रेमभाव समेटिएको उक्त गीतमा दिपक संगम बि. सि.को संगीत संयोजन छ। गायक बोहोरा लाई गायनमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छिन्।
गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ। भगवान भण्डारि नामको युटुव च्यानलबाट बिहिबार सार्वजनिक गरिएको उक्त भिडिओमा मोडेल गीता ढुङगानाको साथमा सुरेश बोहोरा देखिएका छन्।
दिनेश सिंह ठकुरीले निर्देशन गरेको उक्त भिडिओको छायांकन र सम्पादन पनि ठकुरीको टिमले गरेका गाएक बोहोराले बताए |
बैतडी घर भएका गाएक बोहोरा सुदुरपश्चिम गाएन प्रतियोगिता २०८१ का विजेता हुन।





