पुर्चौडीमा दुई दिने देउडा कार्यक्रम सम्पन्न, देउडियाहरू लाई सम्मान

प्रकाशित : :

बैतडी । पुर्चौडी नगरपालिका–१ हाट कफलखाना, गिरेगाडामा दुई दिने देउडा कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशिल युवा क्लब भटनाको आयोजनामा र पुर्चौडी नगरपालिकाको प्रायोजन तथा आर्थिक सहयोगमा बिहीबारबाट सुरु भएको कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो।

“कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगाडा मेला पुर्चौडीको पहिचान” भन्ने मूल नाराका साथ देउडा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रमले स्थानीय मौलिक संस्कृतिको संरक्षण, प्रतिभावान कलाकारलाई सम्मान र नयाँ पुस्तामा देउडा संस्कृतिप्रति रुचि जगाउने उद्देश्य राखिएको थियो।

कार्यक्रममा जिल्ला बाहिरबाट कैलालीकी गंगा खत्री, बझाङका सत्यराज धामी लगायत र जिल्ला भित्रबाट बैतडीका जे.आर. भट्ट, डम्मर कुँवर, अजब ब. ढुंगाल, उसा धानुक, नवीन जोशी, जसि दत्त भट्ट र लक्ष्मी बोहरा सहितका २८ जना देउडियाहरूले सहभागिता जनाएका थिए।

समापन समारोहमा सम्पूर्ण सहभागी देउडियाहरू लाई सम्मन गरिएको आयोजकले जनाएको छ। क्लबका अध्यक्ष करन प्रसाद भट्टका अनुसार कार्यक्रममा स्थानीय तह, समुदाय र युवा पुस्ताको उत्साहपूर्ण सहभागिताले कार्यक्रम सफल बनेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट