सुदूरपश्चिम महोत्सव : छुटमा बुक गरिएको स्टल अन्यलाई दिए जरिवाना लाग्ने

सुदूरपश्चिमको सबैभन्दा ठुलो व्यापारिक र सांस्कृतिक उत्सव सुदूरपश्चिम महोत्सव १९औँ संस्करणमा प्रवेश गर्न तयारीमा छ।
प्रकाशित : :

सुदूरपश्चिमको सबैभन्दा ठुलो व्यापारिक र सांस्कृतिक उत्सव सुदूरपश्चिम महोत्सव १९औँ संस्करणमा प्रवेश गर्न तयारीमा छ। कैलाली उद्योग वाणिज्य संघका अनुसार, मंसिर २२ गतेदेखि सुरु हुने यस महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको छ।

संघले जारी गरेको एक विशेष भिडियो सन्देशमार्फत व्यवसायीहरूलाई समयमै स्टल बुक गर्न र छुट सेवा साथै मनपर्ने स्थान रोज्न आग्रह गरेको छ।

संघका महासचिव दिनेश लम्सालद्वारा जारी भिडियो सन्देशमा स्थानीय व्यवसायीका लागि स्टल बुकिङ कार्तिक १६ गतेबाट सुरु भइसकेको र अब आइतबारदेखि बाहिरी जिल्लाका व्यवसायीका लागि पनि स्टल खुला हुने भएको छ।

लम्सालका अनुसार स्थानीय व्यवसायीले छुट दरमा बुक गरेका स्टल यदि अन्य बाहिरी व्यवसायीहरू लाई दिइएको भेटिए दोब्बर जरिवाना लाग्ने छ।

त्यसै गरी, उनले महोत्सवमा आवश्यक सेवा र व्यवस्थापनका टेण्डरहरू पनि खुला गरिएकोमा आज टेन्डर हाल्ने अन्तिम दिन भएको बताए ।
यसमा टेन्ट तथा स्टल व्यवस्थापन, वाद्यवादन (ब्यान्ड सेवा),रमाइला मेला उपकरण, आइसक्रिम सेवा, प्राइभेट सेक्युरिटी,
पार्किङ व्यवस्थापन, मञ्च शृङ्गार र फूल सजावट, र छपाइ कार्य सम्बन्धी टेण्डरहरू समावेश छन्।

संघले इच्छुक फर्म र व्यवसायीलाई शुक्रवार साँझ ५ बजेभित्र आफ्नो अन्तिम प्रस्ताव पेस गर्न अनुरोध गरेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट