सुदूरको प्रमुख व्यापारिक केन्द्र धनगढी ट्राफिक चौराहाबाट सिद्धार्थ कटेजको सेवा सुचारु

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी ट्राफिक चौराहाबाट सिद्धार्थ कटेजको सेवा सुचारु
प्रकाशित : :

धनगढी । धनगढीको मुटु मानिने ट्राफिक चौराहामा सिद्धार्थ कटेज सञ्चालनमा आएको छ। शुक्रवार एक भव्य समारोहका बिच शिक्षाविद् प्रा. डा. हेमराज पन्त र सिद्धार्थ कटेज धनगढीका संरक्षक लक्ष्मण न्यौपानेले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।

कैलालीबाटै २८ वर्षअघि आफ्नो सेवा विस्तार सुरु गरेको सिद्धार्थ ग्रुपले अब धनगढीमा पनि भव्य रूपमै सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको छ।

सिद्धार्थ ग्रुप अन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौँको तीनकुने र धोबिघाट, बुटवलको चौराहा लगायत स्थानहरूमा सिद्धार्थ कटेज सञ्चालनमा छन्।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गत हाल पाँचतारे स्तरको ‘सिद्धार्थ भिलासा’, चार तारे ‘सिद्धार्थ वैभव’, र ती नतारे ‘सिद्धार्थ बाटिका’ होटेलहरूका साथै ‘सिद्धार्थ कटेज’ र ‘सिद्धार्थ क्याफे’ जस्ता ब्रान्डहरू सञ्चालनमा छन्।

धनगढीमा सुरु गरिएको सिद्धार्थ कटेजले स्थानीयहरूका लागि परिवारसहित खान, भेटघाट र रमाइलो गर्न सकिने स्विमिङ पुल सहितको आधुनिक फन पार्क र आत्मीय स्थानको विकल्प दिएको छ। 

समूहले सेवाको गुणस्तर र स्वादमा एकरूपता कायम राख्दै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सिद्धार्थ कटेज ग्रुपले सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाहरू मा समेत आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी ट्राफिक चौराहाबाट सिद्धार्थ कटेजको सेवा सुचारु

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट