पुर्चौडी नगरपालिकामा विद्युतीकरण विस्तार अभियान सुरु, मल्लादेहि हुँदै न्वादेउ, भटना र कुवाकोटमा पनि विस्तार गरिने

पुर्चौडी नगरपालिकामा विद्युतीकरण विस्तार अभियान सुरु, मल्लादेहि हुँदै न्वादेउ, भटना र कुवाकोटमा पनि विस्तार गरिने
प्रकाशित : :

बैतडी : पुर्चौडी नगरपालिकाले विद्युत सेवाबाट वञ्चित रहेका वडाहरूमा विद्युत विस्तारको कार्य सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरण बैतडीको सहयोगमा नगरपालिकाको वडा नं. ८ मल्लादेहीमा ट्रान्सफर्मर जडान गरी विद्युत प्रवाह गरिएको वडा नं. १ का अध्यक्ष गणेश गडालले जानकारी दिए।

नगरपालिकाले बुधबारदेखि वडा नं. ३ न्वादेउ हुँदै वडा नं. ४ भटना र वडा नं. ५ कुवाकोटसम्म बिग्रिएका लाइन सुधार गर्दै बत्ती बाल्ने काम सुरु गर्ने जनाएको छ।

विद्युत विस्तार हुने स्थानहरूमा तार तथा पोल नजिक नजान र सावधानी अपनाउन नगरपालिकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

पुर्चौडी नगरपालिकामा विद्युतीकरण विस्तार अभियान सुरु, मल्लादेहि हुँदै न्वादेउ, भटना र कुवाकोटमा पनि विस्तार गरिने

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

80%

खुसी

0%

दुःखी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट