धनगढीमा जारी एसपीए कलेज एन्फा अन्तर विद्यालय यु-१४ फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित

मल्ल परिवारप्रति हार्दिक समवेदना प्रकट

धनगढीमा जारी एसपीए कलेज एन्फा अन्तर विद्यालय यु-१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित
प्रकाशित : :

धनगढी : कैलाली जिल्ला फुटबल संघको आयोजनामा चलिरहेको एसपीए कलेज एन्फा अन्तरविद्यालय U–14 छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८२ आगामी सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको संघले जनाएको छ।

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लको मातृवियोगको दुःखद खबर प्राप्त भएपछि प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको संघले जानकारी दिएको छ। संघको सचिवालयले विज्ञप्ति जारी गर्दै यस कठिन घडीमा अध्यक्ष मल्ल र सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

महिला तथा पुरुष दुवै तर्फका फाइनल खेल कार्तिक २९ गते हुने निर्धारित थियो। संघले अब नयाँ मिति चाँडै सार्वजनिक गरिने बताएको छ।

कैलाली जिल्ला फुटबल संघले सहभागी विद्यालय, टोलि र अभिभावकलाई धैर्य राख्न आग्रह गर्दै प्रतियोगिताका बाँकी खेलको बारेमा आगामी सूचना औपचारिक रूपमा प्रकाशित गरिने जनाएको छ।

सूचना हेर्न क्लिक गर्नुहोस् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट