एनपीएल दोस्रो संस्करणको तयारी पूरा, पहिलो पटक फ्लडलाइटमुनि खेलिँदै

एनपीएल दोस्रो संस्करणको तयारी पूरा, पहिलो पटक फ्लडलाइटमुनि खेलिँदै
default
प्रकाशित : :

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।

एनपीएल पहिलो पटक फ्लडलाइटमुनि हुनेछ। पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे-नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै १ करोड १० लाख  कायम राखिएको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो। यस सिजन पनि यी स्थानमा रहनेले यही अनुपातमा पुरस्कार पाउनेछन्।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। एनपीएलको उद्घाटन खेलमा  मंसिर १ गते  जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्। खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ।

साथै क्यानका सचिव पारस खड्काका अनुसार, सिजन-२ मा स्पोन्सर, टोली, टिकट तथा अन्य माध्यमबाट कुल ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने अपेक्षा गरिएको छ । स्पोन्सरबाट करिब १५ करोड ३० लाख, आठ टोलीबाट ९ करोड, र टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट