धनगढी: क्रिकेटको सहर धनगढीमा जारी ड्रिमर्स कप २०८२ को नवौँ दिन चार खेल सम्पन्न भएका छन्। ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारासहित प्रतियोगिता धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा भइरहेको छ ।
३ मंसिर २०८२, बुधवार ड्रिमर्स कपको नवौँ दिनको पहिलो तथा प्रतियोगिताको उन्चालिसौं खेलमा ज्योति स्कुल र विद्याभुषण स्कुल बिच प्रतिस्पर्धा भयो । टस जित्दै ब्याटिङ रोजेको विद्याभुषणले ६२ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रिएको ज्योति स्कुल ५८ रनमै समेटियो । उक्त खेलमा आफ्नो टिमलाई ३ रनको अन्तरले जित दिलाउन सफल विद्याभुषणका जीवन बि.के ले २ ओभरमा १ रन खर्चिँदै महत्त्वपूर्ण ४ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, प्रतियोगिताको चालिसौँ खेलमा राईजिङ स्टार र ग्लि एकेडेमी बिच प्रतिस्पर्धा भयो । टस राईजिङ स्टारले बलिङ रोजेपछि पहिले ब्याटिङका लागि मैदान प्रवेश गरेको ग्लिले ८.१ ओभरको समाप्तिमा अल आउट हुँदै राईजिङ स्टारलाई ३९ रनको लक्ष्य दियो। लक्ष्य पछ्याउने क्रममा राईजिङ स्टारले ६.२ ओभरको समाप्तिमा ४ विकेटको जित दर्ज गर्न सफल भयो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन १.१ ओभरमा ५ रन खर्चिँदै ३ विकेट लिँदै अमन ऐरी प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, प्रतियोगिताको ४१ औँ खेलमा एभिएन र विसडम एकेडेमी बिच प्रतिस्पर्धा भयो। टस जित्दै विसडम एकेडेमीले बलिङ रोजेपछि पहिले ब्याटिङका लागि मैदान प्रवेश गरेको एभिएनले विसडमलाई अन्तिम १० ओभर खेल्दै ५ विकेटको क्षतिमा १०८ रनको लक्ष्य दियो । यद्धपी जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको विसडमलाई ७.३ ओरमा अल आउट गर्दै एभिएनले ४७ रनको अन्तरले जित हात पार्यो । सो खेलमा आफ्नो टिमलाई जित दिलाउन २ ओभरमा १८ रन खर्चिँदै ३ महत्त्वपूर्ण विकेट लिन सफल अर्जित बिष्ट प्लेयर अफ द म्याच घोषित भए । भने अरुण चन्दले ह्याट्रीक छक्का प्रहार गरेका थिए ।
त्यसै गरी आज बुधवार भएको प्रतियोगिताको ४२ औँ खेलमा एरिष्टो स्कुल र सिसिएस स्कुल बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा टस जितेर बलिङ रोजेको एरिष्टोले आफू विरुद्ध ब्याटिङ गर्न उत्रिएको सिसिएसलाई ५ ओभरमा अल आउट गर्दै ८ रनको लक्ष्य मै रोक्न सफल भयो र प्रतियोगिताकै सानो लक्ष्य पछ्याउन जबाफी ब्याटिङमा उत्रिएको एरिष्टोले २.३ ओभरको पारि खेल्दै १० विकेटको जित हासिल गर्न सफल भयो । भने आफ्नो टिमलाई जित दिलाउन सफल एरिष्टोका सुमित बिष्ट २ ओभरमा ४ विकेट लिँदै प्लेयर द म्याच भए ।
प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क, हेल्थ पार्टनर सिपी हस्पिटल र ड्रिमर्स कप इमर्जिङ प्लेयर स्पन्सरका रुपमा जीवन स्टिकरले साथ दिएका छन् ।





