ड्रिमर्स कप २०८२ को दसौँ दिन: एक वाक ओभर, तिन खेल

ड्रिमर्स कप २०८२ को दसौँ दिन: एक वाक ओभर, तिन खेल
प्रकाशित : :

धनगढी: ड्रिमर्स कप २०८२ को दसौँ दिन एक वाक ओभर र तिन खेल सम्पन्न भएका छन्।  ‘क्रिकेटको सहर धनगढीमा जारी टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारासहित धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा प्रतियोगिता जारी छ ।

४ मंसिर २०८२, बिहीबार ड्रिमर्स कपको दसौँ दिनको पहिलो तथा प्रतियोगिताको ४३ औँ  खेलमा राईजिङ स्टार र सत्यवती एकेडेमी बिच प्रतिस्पर्धा भयो । टस जित्दै ब्याटिङ रोजेको सत्यवतीले ७.३ ओभरमा अलआउट हुँदै २८ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रिएको राईजिङ स्टार ५.५ ओभरमा अलआउट हुन पुग्यो भने ४ विकेटले सत्यवतीले जित हात पार्न सफल भयो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन सफल सत्यवतीका सन्दीप बोगटीले २ ओभरमा ९ रन खर्चिँदै ३ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, प्रतियोगिताको ४४ औँ खेलमा स्वर्णिम शिक्षा सदन र विद्याभुषण बिच प्रतिस्पर्धा भयो ।  टस जित्दै ब्याटिङ रोजेको विद्याभुषणले ७ विकेट गुमाउँदै ६३ रनको लक्ष्य दियो । लक्ष्य पछ्याउने क्रममा स्वर्णिमले ३ विकेटको जित दर्ज गर्न सफल भयो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ ७ बलमा २० रन प्रहार गरी बलिङ तर्फ २ ओभरमा ६ रन खर्चिँदै २ विकेट लिँदै योगेश रावल प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै, प्रतियोगिताको ४५ औँ खेलमा टाई सिटअनुसार ग्लि एकेडेमीले विसडम एकेडेमीसँग प्रतिस्पर्धा गर्ने तालिका थियो। तर विसडम एकेडेमी निर्धारित समयमा खेल मैदानमा उपस्थित नभएपछि ग्लि एकेडेमी वाक ओभरका आधारमा विजयी घोषणा भयो। खेल नभएपछि विसडमका खेलाडी मैदानमा उत्रनबाट वञ्चित मात्रै भएनन्, यस परिस्थितिले ग्लि एकेडेमीको रन–रेटमा पनि नकारात्मक असर पारेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको ४६ औँ खेलमा ज्योति स्कुल र सिसिएस बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा टस जितेर बलिङ रोजेको ज्योतिले आफू विरुद्ध ब्याटिङ गर्न उत्रिएको सिसिएसलाई १० ओभरको समाप्तिमा ८ विकेट लिँदै ६१ रनको लक्ष्य मै रोक्न सफल भयो र लक्ष्य पछ्याउन जबाफी ब्याटिङमा उत्रिएको सिसिएसले १० ओभरको समाप्तिमा खेल्दै ५ विकेट गुमाउँदै ८ रनले विजयी भयो । भने आफ्नो टिमलाई जित दिलाउन सफल सिसिएसका जडेन रिजालल ब्याटिङ तर्फ १५ बलमा १५ रन र बलिङ तर्फ २ ओभरमा ११ रन खर्चिँदै १ विकेट लिएर प्लेयर द म्याच बने। यस सँगै भोलि शुक्रवार समूह चरणका अन्तिम चार खेल हुने छन् र शनिवार सेमिफाइनल हुने जनाइएको छ ।

प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क, हेल्थ पार्टनर सिपी हस्पिटल र ड्रिमर्स कप इमर्जिङ प्लेयर स्पन्सरका रूपमा जीवन स्टिकरले साथ दिएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट