धनगढी: ड्रिमर्स कप २०८२ को एघारौँ दिन चार खेल सम्पन्न भएका छन् । यस सँगै प्रतियोगिताका समूह चरण अन्तरगतका सम्पूर्ण खेल सम्पन्न भएका हुन् ।
क्रिकेटको सहर धनगढी स्थित धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा मा गो ड्रिमर्सको आयोजनामा टाइनी क्रिकेटर्स, बिग ड्रिम अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारासहित प्रतियोगिता भइरहेको छ ।
५ मंसिर २०८२, शुक्रवार ड्रिमर्स कपको एघारौँ दिनको पहिलो तथा प्रतियोगिताको ४७ औँ खेलमा स्वर्णिम शिक्षा सदन र ज्योति स्कुल बिच प्रतिस्पर्धा भयो । टस जित्दै ब्याटिङ रोजेको स्वर्णिमले दसौँ ओभरमा ९ विकेट गुमाउँदै ५७ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रिएको ज्योति स्कुलले दसौँ ओभर खेल्दा पनि लक्ष्य पच्छाउन नसक्दा स्वर्णिमले ३० रनको अन्तरले जित हात पार्न सफल भयो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन सफल सहिल धामीले ब्याटिङ तर्फ १९ बलमा २० बल आर्जन गरे र बलिङ तर्फ २ ओभरमा ९ रन खर्चिँदै २ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, प्रतियोगिताको ४८ औँ खेलमा एरिष्टो स्कुल र विद्याभुषण बिच प्रतिस्पर्धा भयो । टस जित्दै ब्याटिङ रोजेको विद्याभुषणले ९.५ ओभरमा अल आउट हुँदै ५० रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रिएको एरिष्टोले ९ ओभरको समाप्तिमा लक्ष्य पुरा गर्दै ६ विकेटले जित दर्ज गर्न सफल भयो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ नट आउट रहँदै १९ बलमा ९ रन प्रहार गरी बलिङ तर्फ १ ओभरमा २ रन खर्चिँदै २ विकेट लिन सफल सन्देश कुँवर प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, प्रतियोगिताको ४९ औँ खेलमा एभिएन र राईजिङ स्टार बिच प्रतिस्पर्धा भयो । टस जितेको राइजिङ स्टारले फिल्डीङ रोज्यो । भने पहिलो ब्याटिङमा उत्रिएको एभिएनले १० ओभरमा ६ विकेट गुमाउँदै ८५ रनको टार्गेट दियो । भने ३९ रनको अन्तरले एभिएन विजयी भयो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन बलिङ तर्फ २ ओभरमा ११ रन खर्चिँदै ३ विकेट र ब्याटिङ तर्फ ९ बलमा ७ रन आर्जन गर्दै अर्जित विष्ट प्लेयर अफ द म्याच घोषित भए ।
यसका साथै प्रतियोगिताको लिग चरणको अन्तिम ५० औँ खेलमा ग्लि एकेडेमी र सत्यवती एकेडेमी बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा सत्यवतीले टस जितेर फिल्डीङ रोजेको थियो । पहिले ब्याटिङमा उत्रिएको ग्लि एकेडेमीले १० ओभरमा ९ विकेट गुमाउँदै ४५ रनको लक्ष्य दियो । लक्ष्य पछ्याउन जबाफी ब्याटिङमा उत्रिएको सत्यवतीले १५ बलमा नट आउट रहँदै सहजै लक्ष्य पुरा गर्यो भने १० विकेटले जित दर्ज गर्न सफल भयो । आफ्नो टिमलाई जित दिलाउन सफल योगेन्द्र विष्टले १५ बलमा ४३ रन हान्दै प्लेयर अफ द म्याच बने ।
यस सँगै शुक्रवार समूह चरणका सबै खेल सम्पन्न भएका छन् । शनिवार हुने सेमिफाइनलमा समूह ए बाट सत्यवती एकेडेमी, समूह बि बाट एरिष्टो स्कुल, समूह सी बाट बाधसल्या विद्या निकेतन र समूह डी बाट वइस्टर्न क्रिकस्टल एकेडेमी भिड्ने भएका छन् । सेमिफाइनलको पहिलो खेल सत्यवती र वात्सल्य बिच हुने छ ।
प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क, हेल्थ पार्टनर सिपी हस्पिटल र ड्रिमर्स कप इमर्जिङ प्लेयर स्पन्सरका रूपमा जीवन स्टिकरले साथ दिएका छन् ।







You must be logged in to post a comment.