जन्मदिनको अवसरमा शिक्षक पन्तद्वारा स्टेशनरी वितरण

प्रकाशित : :

धनगढीः पुर्चौडी नगरपालिका–१ खिमापुरस्थित निमुन माध्यमिक विद्यालयमा आइतबार शिक्षक विजय राज पन्तले आफ्नो जन्मदिनको अवसरमा १६ जना विद्यार्थीलाई स्टेशनरी वितरण गरेका छन्।

विद्यार्थीमध्ये टुहुरा, जेहेन्दार, अनुशासित तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई छनोट गरिएको विद्यालयका प्रधानाध्यापक नरबहादुर धामीले बताए।

पन्तका अनुसार जन्मदिनमा फजुल खर्च गर्नेभन्दा शैक्षिक क्षेत्रमा योगदान दिनु उपयुक्त ठानेर सहयोग गरिएको हो।

सबै विद्यार्थी आफ्ना लागि समान भए पनि बढी आवश्यक भएका विद्यार्थीलाई प्राथमिकतामा राखिएको उनले बताए। भविष्यमा अन्य विद्यार्थीलाई पनि समावेश गरिने पन्तको भनाइ छ।

गत वर्ष पनि पन्तले यस्तै गरी १६ जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरेका थिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट