धनगढी : धनगढी स्थित अफ्नो घर टेम्पल रिसोर्टले नयाँ वर्ष २०२६ को अवसरमा विशेष मनोरञ्जनात्मक कार्यक्रम ‘न्यू इयर इभ धमाका 2K26’ आयोजना गर्ने भएको छ। रिसोर्टले गर्वका साथ प्रस्तुत गर्न लागेको यस कार्यक्रम अन्तर्गत लाइभ म्युजिक, डिजे सेसन, अनलिमिटेड खाना तथा पेय पदार्थको व्यवस्था गरिएको छ।
कार्यक्रममा सहभागी अतिथिहरूका लागि वेलकम ड्रिंक्स, अनलिमिटेड बुफे स्न्याक्स, अनलिमिटेड बुफे मुख्य परिकार, साथै ककटेल र मकटेल सहितका अनलिमिटेड ड्रिंक्स उपलब्ध गराइने आयोजकले जनाएको छ।
मनोरञ्जनतर्फ बिक्रम पार्की र आवरण ब्याण्ड तथा टिमको लाइभ म्युजिक प्रस्तुति रहनेछ भने त्यसपछि डिजे सेसन सञ्चालन हुनेछ। साथै बोनफायर, संगीत, रमाइलो वातावरण र ACLAP Media द्वारा फोटोसुट कार्यक्रमका थप आकर्षण हुनेछन्। भने कार्यक्रमका होस्ट तारा रोस्यारा रहनेछन् ।
टिकट दर र टेबल व्यवस्था
डोमेस्टिक बेभरेजसहितको रेगुलर टेबलमा प्रतिव्यक्ति शुल्क ३,५०० रुपैयाँ तोकिएको छ।
५ जनाको समूहका लागि १७,५०० रुपैयाँ (१ टिकट निःशुल्क) र
१० जनाको समूहका लागि ३५,००० रुपैयाँ (२ टिकट निःशुल्क) निर्धारण गरिएको छ।
१२ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ भने १२ देखि १६ वर्ष उमेर समूहका लागि प्रतिव्यक्ति २,००० रुपैयाँ शुल्क लाग्नेछ।
VIP टेबल अन्तर्गत ब्ल्याक लेबलसहित ५ जनासम्मका लागि २५,००० रुपैयाँ र १० जनासम्मका लागि ४०,००० रुपैयाँ शुल्क तोकिएको छ।
त्यसैगरी V-VIP टेबल अन्तर्गत ग्लेनलिभेटसहित ५ जनासम्मका लागि ३०,००० रुपैयाँ र १० जनासम्मका लागि ५०,००० रुपैयाँ शुल्क कायम गरिएको छ।
सीमित टिकट, अग्रिम बुकिङ अनिवार्य
कार्यक्रमका लागि टेबल र सहभागी संख्या सीमित रहेकाले अर्ली बर्ड्सका लागि मात्र प्रि–सेल टिकट उपलब्ध हुने आयोजकले जनाएको छ। कार्यक्रमस्थलमा प्रत्यक्ष टिकट बिक्री गरिने छैन।
कार्यक्रम साँझ ५ः३० बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रम स्थल अफ्नो घर टेम्पल रिसोर्ट रहेको छ।
टिकट खरिदका लागि सम्पर्क
९८५८४२४०४५, ९८५८४२४०४६, ९८५८४२४०४७, ९८५८४२४०५८, ९८५८४२४०५९







You must be logged in to post a comment.