एसपिए नवौं लिटिल फ्लावर प्राइड लिग सुदूरपश्चिम सेमिफाइनलमा, टिम बगैचाको सान्त्वना जीत

एसपिए नवौं लिटिल फ्लावर प्राइड लिग सुदूरपश्चिम सेमिफाइनलमा, टिम बगैचाको सान्त्वना जीत
प्रकाशित : :

लगातार दोस्रो जित निकाल्दै सुदूरपश्चिम बोइज होस्टेल नवौं लिटिल फ्लावर प्राइड लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमले आँगन केक एन्ड बेकरीमाथि ३ रनको रोमाञ्चक जित निकालेको हो।

सुदूरपश्चिमले यसअघि सत्यवती एकेडेमीलाई २ विकेटले पराजित गरेको थियो। आँगनको भने यो पहिलो हार हो। पहिलो खेलमा आँगनले आयोजक लिटिल फ्लावर स्पोर्ट्सलाई ७ विकेटले पराजित गरेको थियो।

सुदूरपश्चिमले दिएको ८४ रनको सामान्य लक्ष्य पछ्याएको आँगनले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो।
आँगनका बसन्त भट्टले सर्वाधिक ३३ रन बनाए। २५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। रमेश भट्टले ३१ रन बनाउँदा अन्यले ब्याट चलाउन सकेनन्। सुदूरपश्चिमका निरज ऐर र नागराज सिंहले समान १ विकेट लिए।

त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ७ विके‍ट गुमाउँदै ८३ रन बनायो। बाक्लो हुस्सुका कारण खेल २० बाट ११ ओभरमा झारिएको थियो। सुदूरपश्चिमका ओपनर दीपक बोहराले सर्वाधिक १९ रन बनाए। १६ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। कृश ऐर र नरेन साउदले समान १२ रन बनाए। अन्यले भने खुलेर प्रदर्शन देखाउन सकेनन्। आँगनका हेमन्त धामी र बिरेन बमले समान २ विकेट लिए। किरण चन्द, निरञ्ज गौतम र राहुल भण्डारीको नाममा समान १ विकेट रह्यो।

त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा टिम बगौचाले निस्ट कलेजमाथि १३३ रनको ठूलो जीत निकालेको छ । टिम बगौचाले दिएको १९९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको निस्ट कलेज १४.५ ओभरमा मात्र ६५ रन बनाएर अलआउट भयो । उसका लागि चेतन भुलले ४० तथा महेश देउवाले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रर्दशन गर्न सकेनन ।
टिम बगौचाका लागि अयुब चन्दले ५ विकेट चट्काउँदा,प्रकाश कार्कीले ४ तथा सुवोध ऐरले १ विकेट लिए ।

तयसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको टिम बगैचाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाउन सफल भयो । उसका लागि अयुब चन्दले सर्वाधिक ६६ रनको पारी खेले । ३५ बल सामना गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै सुरेन्द पन्तले ३९ तथा सुनिल धमलाले ३५ रन बनाए । निस्ट कलेजका लागि महेन्द्र बिस्टले ३ तथा महेश देउवाले २ विकेट लिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट