नेपाल मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा सुरेश सापकोटा निर्विरोध निर्वाचित

नेपाल मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा सुरेश सापकोटा निर्विरोध निर्वाचित
प्रकाशित : :

धनगढी: नेपाल मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिको गठन गरिएको छ। प्रदेशस्तरीय भेलाबाट सुरेश सापकोटा निर्विरोध रूपमा अध्यक्ष चयन भएका छन्।

नवगठित समितिको प्रथम उपाध्यक्षमा सुरेश पाठक र द्वितीय उपाध्यक्षमा चन्द्र सिंह धामी चयन भएका छन्। महासचिवको जिम्मेवारी दिपक भट्टले पाएका छन् भने सचिवमा उमेशदत्त बडू र कोषाध्यक्षमा रंगमान रावल चयन भएका छन्। सह–कोषाध्यक्षमा धर्मराज जोशी रहेका छन्।

त्यसैगरी, सदस्यहरूमा पवनप्रसाद पन्त, सन्तोष भट्ट, सन्तोष बोहरा, देव सिंह विक, सन्तोषराज जोशी, करुणाकर पन्त, तर्कराज जोशी, शेरबहादुर रावत, उमेश चौधरी, दानसिंह महर, हर्कसिंह कुँवर, लोकराज ओझा र दीपक जाग्री चयन भएका छन्।

नवगठित समितिले प्रदेशभर मोबाइल व्यवसायलाई व्यवस्थित, पारदर्शी तथा व्यवसायीमैत्री बनाउने प्रतिबद्धता जनाएको छ। साथै, व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन र नीतिगत सुधारका लागि सक्रिय भूमिका खेल्ने जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट