धनगढी : उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र धनगढीले आफ्नो २८औँ स्थापना दिवसको अवसरमा शनिबार शिवपुरी धाममा सरसफाई कार्यक्रम आयोजना गरेको छ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी धाम मन्दिर परिसरमा सञ्चालन गरिएको उक्त कार्यक्रममा संस्थाका शेयर सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वातावरण संरक्षण तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले धार्मिक एवं सार्वजनिक क्षेत्रको सरसफाई गरिएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार सहकारीले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसअघि पनि संस्थाको अत्तरिया सेवा केन्द्रमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो।

सहकारीले आगामी दिनहरूमा समेत सामाजिक तथा सामुदायिक हितका कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।






You must be logged in to post a comment.