धनगढी एफसीको होम ग्राउण्ड आधुनिक बन्दै, फ्लडलाइटका लागि बजेट विनियोजन

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत धनगढी फुटबल रङ्गशालामा फ्लडलाइट जडान तथा आवश्यक खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ
प्रकाशित : :

धनगढी । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत धनगढी फुटबल रङ्गशालामा फ्लडलाइट जडान तथा आवश्यक खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ। जेठ १५ गते शुक्रवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।

सरकारको यो निर्णय विशेष गरी नेपाल सुपर लिग ( एनएसएल ) ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन हुने तयारी भइरहेका बेला धनगढी रङ्गशालाको स्तरोन्नतिको घोषणा महत्त्वपूर्ण मानिएको छ।

नेपालकै इतिहासमा पहिलो पटक ‘होम एन्ड अवे’ ढाँचामा आगामी भदौ २० गते देखि सञ्चालन हुन लागेको एनएसएल २०२६ करिब चार महिनासम्म चल्नेछ। प्रतियोगिता अन्तर्गत धनगढी एफसीले आफ्ना घरेलु खेल धनगढी रङ्गशालामै खेल्ने छ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत धनगढी फुटबल रङ्गशालामा फ्लडलाइट जडान तथा आवश्यक खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ

तर बजेट घोषणा र निर्माण प्रक्रियाको समय रेखालाई हेर्दा यसै सिजनभित्र फ्लडलाइट जडान तथा सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न हुने सम्भावना न्यून देखिएको छ। बजेट कार्यान्वयन, डिजाइन, ठेक्का प्रक्रिया र निर्माण कार्यका लागि पर्याप्त समय आवश्यक पर्ने भएकाले आगामी भदौमै सुरु हुने एनएसएलका खेलहरू हाल उपलब्ध पूर्वाधारकै आधारमा सञ्चालन हुने सम्भावना बढी रहेको सरोकारवालाहरू बताउँछन्।

यद्यपि सरकारले बजेट मार्फत फ्लडलाइट जडानको प्रतिबद्धता जनाएकोले आगामी सिजनसम्म धनगढी रङ्गशालाले आधुनिक खेल पूर्वाधार प्राप्त गर्ने अपेक्षा गरिएको छ। फ्लडलाइट निर्माण सम्पन्न भएपछि धनगढीमा साँझ तथा रात्रिकालीन खेलहरू आयोजना गर्न सहज हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने क्षमता थप मजबुत बन्ने विश्वास गरिएको छ।

खेलकुद पूर्वाधार विकासमा गरिएको यो लगानीले सुदूरपश्चिमलाई केवल प्रतिभा उत्पादन गर्ने क्षेत्र मात्र नभई ठुला खेल आयोजनाको गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट