स्वच्छ वातावरण र स्वस्थ जीवनशैलीका लागि धनगढीमा साइकल र्‍याली तथा वृक्षारोपण

स्वच्छ वातावरण र स्वस्थ जीवनशैलीका लागि धनगढीमा साइकल र्‍याली तथा वृक्षारोपण
प्रकाशित : :

धनगढी : विश्व वातावरण दिवसको अवसर पारेर सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भव्य साइकल र्‍याली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ जीवनशैली र स्वच्छ वातावरण” भन्ने मुख्य नाराका साथ धनगढी क्रिकेट एकेडेमी र ग्रिन क्लिन धनगढीको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

वातावरण संरक्षण र सचेतनाका लागि आयोजित यस कार्यक्रममा डीसीएमा अभ्यासरत बाल क्रीकेटर, स्थानीय नागरिक, युवा, खेलकुदप्रेमी तथा वातावरण अभियन्ताहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो।

शुक्रबार बिहान ६:३० बजे धनगढी चौराहाबाट सुरु भएको साइकल र्‍याली सहरका विभिन्न भागको परिक्रमा गर्दै अगाडि बढेको थियो। सचेतनामूलक नाराहरू सहित निस्किएको उक्त र्‍याली धनगढी चौराहाबाट प्रस्थान गरी शहिद गेट हुँदै नेपाल रेडक्रस सोसाइटीको जिल्ला कार्यालय धनगढी पुगेर समापन भएको थियो।

स्वच्छ वातावरण र स्वस्थ जीवनशैलीका लागि धनगढीमा साइकल र्‍याली तथा वृक्षारोपण

साइकल चलाउनु स्वास्थ्य र वातावरण दुवैका लागि फाइदाजनक रहेको सन्देश प्रवाह गर्न र्‍यालीले महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

र्‍यालीको समापनसँगै नेपाल रेडक्रस सोसाइटी धनगढीको प्राङ्गणमा विशेष वृक्षारोपण कार्यक्रम समेत आयोजना गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले वातावरणलाई स्वच्छ र धनगढीलाई हरियाली बनाउने सामूहिक प्रतिवद्धताका साथ विभिन्न प्रजातिका बोटबिरुवाहरू रोपेका थिए।

बढ्दो सहरीकरण र पर्यावरण प्रदूषणका बीच यस्ता सचेतनामूलक तथा व्यवहारिक कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने भन्दै स्थानीय बुद्धिजीवीहरूले आयोजकको प्रसंशा गरेका छन्।

आयोजक संस्थाका प्रतिनिधिहरूले वातावरण जोगाउन र पर्यावरण सन्तुलन कायम राख्नका लागि यो एउटा सानो तर प्रतीकात्मक प्रयास भएको बताएका छन्।

स्वच्छ वातावरण र स्वस्थ जीवनशैलीका लागि धनगढीमा साइकल र्‍याली तथा वृक्षारोपण

युवाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि धनगढीलाई हरित सहर बनाउने यस्ता अभियानहरूलाई निरन्तरता दिइने आयोजकले जानकारी दिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट