धनगढी: महेन्द्रनगरमा ब्रिष्टन कलेजद्वारा आयोजित ‘ब्रिष्टन क्रिकेट कप २०२५ सिजन–२’ को उपाधि सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपिए) कलेज, धनगढीले जितेको छ। फाइनल खेलमा एसपिएले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसलाई २७ रनले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको एसपिएले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। टोलीका शंकर बोहराले ४० रन तथा आशिष लुहारले २७ रनको महत्वपूर्ण योगदान दिएका थिए।

१४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले २० ओभरमा ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो। एसपिएका रोहित साउद र विमल कटुवालले समान २–२ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका आशिष लुहार फाइनल खेलको म्यान अफ द म्याच घोषित भए।
उपाधिसँगै एसपिए कलेजले ट्रफीसहित रु. १ लाख नगद पुरस्कार समेत प्राप्त गरेको छ।









You must be logged in to post a comment.