इन्जिनियर तर्कराज भट्ट NYEF को राष्ट्रिय कार्यसमिति सदस्यमा निर्वाचित

इन्जिनियर तर्कराज भट्ट NYEF को राष्ट्रिय कार्यसमिति सदस्यमा निर्वाचित
प्रकाशित : :

धनगढी : इन्जिनियर तर्कराज भट्ट नेपालिज यङ्ग इन्टरप्रेनर्स फोरम (NYEF) को सन् २०२६/२७ कार्यकालका लागि राष्ट्रिय गभर्निङ काउन्सिल (कार्यसमिति) सदस्यमा निर्वाचित भएका छन्।

NYEF कैलाली च्याप्टरका पूर्वअध्यक्ष रहेका भट्ट युवा उद्यमशीलता, व्यावसायिक नेतृत्व र निजी क्षेत्रको विकासमा सक्रिय रहँदै आएका छन्। NYEF ले देशभरका युवा उद्यमीहरूलाई सञ्जालमा जोड्दै उद्यमशीलता प्रवर्द्धन, नेतृत्व विकास, व्यावसायिक सहकार्य र नवप्रवर्तनका क्षेत्रमा काम गर्दै आएको छ।

कैलालीमा नेतृत्व गरिसकेका भट्टको राष्ट्रिय कार्यसमितिमा चयनसँगै सुदूरपश्चिम क्षेत्रको युवा उद्यमशीलता र त्यहाँका उद्यमीहरूका मुद्दाले राष्ट्रिय स्तरमा प्रतिनिधित्व पाउने अपेक्षा गरिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट