धनगढी। कैलाली जिल्ला क्रिकेट संघद्वारा पहिलो पटक आयोजित टी–१० नेसनल क्रिकेट च्याम्पियनसिपको उपाधि चैतन्य पाठशालाले जितेको छ। फाइनल खेलमा सत्यवती एकेडेमी ‘बी’लाई १३ रनले पराजित गर्दै चैतन्यले उपाधि हात पारेको हो।
चैतन्यले दिएको ११५ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमी ‘बी’ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो। लक्ष्य पूरा गर्न नसकेपछि सत्यवती १३ रनले पराजित भयो।
यसअघि चैतन्य पाठशालाले सत्यवतीसामु जितका लागि ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। चैतन्यले दिएको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सत्यवतीले निर्धारित ओभरमा आवश्यक रन जोड्न नसक्दा उपविजेतामा चित्त बुझाउनुपर्यो।
यस जितसँगै चैतन्य पाठशालाले कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा पहिलो पटक सम्पन्न टी–१० नेसनल क्रिकेट च्याम्पियनसिपको पहिलो विजेता बन्ने उपलब्धि हासिल गरेको छ।





