धनगढी । सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा कालो पट्टी बाँधेर धर्ना दिईएको छ।
नेपाल पत्रकार महासंघ कैलालीले घोषणा गरेका दोस्रो चरणको आन्दोलन अन्तरगत पत्रकारहरुले टाउको र हातमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन्।
धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरे।
उनले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको दायरामा नल्याए सम्म सडक संघर्ष जारी राखिने बताए। सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।







You must be logged in to post a comment.