धनगढीः कैलालीको मालपोत कार्यालयमा सोमबार सेवाग्राहीको अत्याधिक भिडभाड देखीएको छ । जहाँ सेवाग्राहीहरु भौतिक दुरी त, परैजावस मास्कको समेत प्रयोग नगरी सडकदेखि कार्यालयको ढोका सम्म लामबद्ध तरिकाले पालोकुर्दै बसेका देखीन्छन् ।
कार्यालले कार्य सम्पादन १० बजेदेखी थाल्ने भएपनि कुपन लिनका लागि बिहान चार बजेदेखी लाईनमा बसेका सेवाग्राहीहरु भौतिक दुरी कायम गरी लाईनमा लाग्लान भनेर कल्पना पनि गर्न गर्न सकिदैन्।
दैनिक हजारौँको संख्यामा सेवाग्राही सेवालिन धाउने कार्यालयमा सेवाग्राहीलाई व्यवस्थित ढंगले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने/गराउने जिम्मा सम्बन्धीत कार्यालयको भए पनि कैलालीको भुमी सुधार तथा मालपोत कार्यालय मौन रहदा कोरोना संक्रमणको जोखिम बढेको छ ।
कैलालीको भुमी सुधार तथा मालपोत कार्यालय, धनगढीको दुर्दशा जस्ताको त्यस्तै तस्विरमाः









You must be logged in to post a comment.