कैलालीको मोहन्यालमा भएको ट्याक्टर दुर्घटनामा परी ४ जना घाइते

ट्याक्टर दुर्घटना
फाइल तस्बिर
प्रकाशित : :

धनगढीः कैलालीको मोहन्यालमा भएको ट्याक्टर दुर्घटनामा परी ४ जना घाइते भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ४ पाण्डौनबाट सुखडतर्फ आँउदै गरेको ट्याक्टर आइतबार बिहान अनियन्त्रित भएर बुडाखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार ६ जना मध्ये ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नयव उपरीक्षक प्रतीक विष्टका ले जानकारी दिनुभयो ।

से २ च २८४१ नम्बरको ट्याक्टरमा सवार डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय काशिराम सुनार तथा गौरीगंगा नगरपालिका वडा नम्बर १ का ३३ वर्षीय कृष्ण चौधरी, १६ वर्षीय आषिश चौधरी र चालक ३० वर्षीय विष्णु चौधरी रहेका छन् । घाईते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट