धनगढीः तिहारको आगमनसँगै कैलालीको धनगढी लगतएतका गाउँघर ढकमक्क फूलले सजिएका छन्।
शुक्रबारबाट तिहारको पहिलो पाइला काग तिहार सुरु भएको छ । तिहारलाई फूलहरुको पर्वको रुपमा चिनिन्छ । यति बेला आकर्षक फूलले घर तथा आसपासको वातावरण नै मनमोहक बनाएको छ । तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुन्छ । झन् मखमली फूलले तिहारमा विशेष महत्व राख्छ ।
विगतका वर्षको तुलनामा यस वर्ष तिहार केही ढिलो परेकाले फूलहरु सबैतिर ढकमक्क फुलिसकेका छन् । त्यस्तै छिटो नओइलाउने मखमली फूलको त बिक्री नै सुरु भइसकेको छ । तर सयपत्री र गोदावरी फूल चाहिँ चाँडै ओइलाउने हुँदा केही कमी हुने आकलन गरीएको छ ।
तिहारको लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिक स्थल सिंगार्न फूलको माग उच्च हुने गर्दछ। त्यस्तै, विशेषगरी फुलहरु लक्ष्मीपूजा र भाइटिकाका दिन दिदीबहीनीले आफ्ना दाजुभाइलाई टिका लगाइदिएर गलाभरिको सयपत्री र मखमलीको माला लगाइदिनुको पनि छुट्टै महत्त्व रहेको छ। हेरौं बेहुली झैं सिँंगारिएका मनै लोभ्याउने सप्तरंगी फूलहरु २९ तस्विरमा…!