सुदूरपश्चिमका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण
प्रकाशित : :

धनगढी: धनगढीमा गरिएको परिक्षणमा बिहीबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १३३ नमुनाहरुमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ३० सहित सुदूरपश्चिमका थप ४१ जनामा कोरोना देखिएको जानकारी दिए । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिकाका एकजना र जोशीपुर गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका पाँचजना, बेल्डाँडी गाउँपालिकाका चारजना, बझाङको सुर्मा गाउँपालिकाका एकजना र बैतडीका एक जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट