रुपन्देहीका स्थानीय तहप्रमुखलाई आयुर्वेद अभिमुखीकरण

स्वास्थ्यसमाचार

आर्युवेद चिकित्सा तर्फ आक्रषर्ण बढ्दै गएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।लुम्बिनी आयुर्वेद चिकित्सालयले बुटवलमा शनिवार आयोजना गरेको आर्युवेद सम्वन्धि अभिमुखीकरण कार्यक्रमा बोल्ने बत्ताहरुले प्राकृतिक चिकित्सासँग सम्वन्धित आयुर्वेदले दीर्घ रोगको समेत उपचार हुनेभएकोले त्यस तर्फ आक्रषर्ण बढेको बताए ।

अभिमुखीकरणमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले परम्परागत उपचार विधि भएकाले पनि त्यस तर्फ पछिल्लो समय आयुर्वेद तर्फ आक्रषण बढ्दै गएको बताए ।उनले वनजं गलमा स्रोत रहेको भन्दै त्यसको उपयोग गर्नुपर्ने बताए ।

सामाजिक विकास मन्त्रालय स्वस्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले स्थानीय तहमा आयुर्वेदको आवश्यकता औलाउँदै त्यस तर्फ ध्यान दिनुपर्ने बताए ।

बरिष्ठ आयुर्वेद कन्सल्टेन्ट डा. बुद्धि प्रसाद पौडेलले आयुर्वेदलाई राज्यले हेर्ने दृष्टीकोण सकारात्मक नभएको भन्दै त्यस तर्फ ध्यान पुर्याउन आग्रह गरे ।उनले आयुर्वेदमा प्रतिअसर समेत नहुने भन्दै आयुर्वेद उपचार विधि अवलम्वन गर्नुपर्ने बताए ।

रुपन्देहीका १६ स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको अभिमुखीकरणमा स्थानीय तहका प्रमुखहरुलाई आयुर्वेद सम्वन्धमा जानकारी समेत गराइएको थियो ।अभिमुखीकरणले स्थानीय तहमा आयुर्वेद विस्तारका लागि टेवा पुगोस भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

अभिमुखिकरणमा कोटहीमाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश घिमिरे, सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ, जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख केयर सिङ गोदार प्रमुख प्रशासकिय अधिकृत टेकराज भट्राई लगायतले बोलेका थिए ।

लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. नालिननाथ तिवारीको अध्यक्षता, कबिराज विष्णु हरी आचार्यको संचालनमा भएको कार्यक्रममा अभिमुखीकरणको डा. बुद्धि प्रसाद पौडेल र डा. कलावती वि.कले सहजीकरण गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार