लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षौंसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएका छन: मेसु डा खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षोसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएको अस्पतालले जनाएको छ ।काम संगै लुम्बिनी प्रादेशिक अस्पतालको बिरामीले पालो कुर्नुपर्ने लगायतका समस्या अन्त्य भएको बताईएको छ ।

लुम्बिनी प्रादेशीक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड कृष्णप्रसाद खनाल भन्दछन म अस्पतालमा आएपछि सेवा बिस्तार बचत तथा बिरामीलाई लाईनमा लाग्ने जस्ता समस्या समाधान भएको बताए। । म लुम्बिनी प्रादेशीक अस्पतालमा आएपछि निम्न कामलाई प्राथामिकता दिएकार अघि बढाए।

पहिलो काम मैले अस्पतालम बर्षिक ३७ लाख भन्दा बचत गराएको छु जुन रोटरी कल्ब अफ बुटबलको सहयोगमा अस्पतालमा अक्सिजन जडान भएको छ । त्यस्तै अस्पतालमा डिजीटल एक्सरे सेवा, अस्पतालमा ल्याबमा सबै खाले हर्मेनको जाच अस्पतालमा सुरु भएको छ । भित्र सेवा बिस्तार नभएपछि बिरामीहरुलाई महगो ल्याब सेवा लिनु पर्ने थियो त्यो अहिले अन्त्य भएको छ।त्यस्तै सिटी स्कान  जडान  लगायतका सेवा अस्पतालमा थिएन त्यो सेवा अहिले बिस्तार भएका छन।

अस्पतालमाMaternity Building  को सिलान्यास गरिएको छ। त्यो भबनको कार्यतिब्र गतिमा भैरहको छ।विगत लामो समय देखि अस्पतालको पछाडी पट्टी फोहर ब्यबस्थापन गर्न एक करोडको ठेक्का सम्झौत गरिएको छ । ओटी भबनको माथिल्लो तलामा ५० बटा क्याबिनको निमार्णको लागी ठेक्का सम्झौत भएको छ ।

अस्पतालमा ३० करोडको लगातमा डायनिस्टीक बिल्डीङ निमार्णको लागी ठेक्का सम्झौ भई कार्य सुरु भएको छ।अस्पतालमा आउने विरामीको अल्ट्रासाउण्ड गर्न करिब १ महिना पालो कुर्नु पर्ने अवस्थाको अन्तगर्न बिहान ७ बजे देखि साँझ ६ बजेसम्म अल्ट्रासाउण्ड सेवा संचालन ल्याईएको छ।

अप्रेशनहरुमा लामो समय हुनुपर्ने बाध्यताको अन्तको लागी थप सेवा बिस्तार गर्ने छलफल भैरहेको छ ।अस्पतालमा कार्यरत सबै कर्मचारीको लागी स्वास्थ्य बिमा लागु गरिएको छ । अस्पतालका भबन हरुलाई व्यसायीक रुपले अस्पताललाई आम्दानी गराउने उदेश्यका साथ टेण्डर कार्य सम्पन्न गरी तथा व्यवसायी संग संम्झौता सम्पन्न गरिएको छ ।अस्पतालमा आफनै फार्मेसी संञ्चालनको तयारी गरिएको छ ।

अस्पताललाई आबश्यक पर्ने उपकरण हरु बिभिन्न निकायबाट प्रयाप्त भएका छन । मेरो कार्यकालमा सामाजीक सेवा ईकाई ,निशुल्क औषधी बितरण कक्ष संञ्चालन आएको छ । अस्पतालमा बिभिन्न सामान खरिद गर्ने र अनाबश्यक सुल्क कटौती गर्दा बार्षिक ५ करोड भन्दा बढी बचत गरिएको छ।

अस्पतालमा समस्या को रुपमा रहेको टिकट काउण्टरको लागि कृषि बैंकमा समन्वय गरी शाखा विस्तार भएको छ ।जस्को कारण सबैलाई सहज भएको छ। अस्पतालमा बिद्युतको भोल्टेजको कारण समस्या भएको थियो अहिले हामीले ३सय के।भि।को ट्रासफर्मा राखेको छौ अब केहि बर्षको लागी बिद्युको समस्या समाधान भएको छ ।

त्यस्तै अस्पतालमा नर्सिङ स्टाफलाई बस्नको समस्या भएको थियो यस्को अन्त्यको लागी १७ जना स्टाफको लागी सुबिधा सम्पन्न क्याटर निमार्णको कार्य सुरु भएको छ ।अस्पताल यस्तै धेरै काम भएको खनालले बताए। सबैको सहयोगले यो अस्पतालको प्रगति भएको डा खनालले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार