धादिङमा महिला मैत्री क्वारेन्टाइन बनाउन नारी जागरण केन्द्रको आग्रह

धादिङ,१४ असार ।
धादिङमा क्वारेन्टाइन महिला मैत्री नभएको भन्दै नारी जागरण केन्द्र धादिङले जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई ध्यानाकर्षण गराएका छन् ।

जिल्लामा कोरोना भाइरस (कोभिड–१९ ) बाट संक्रमित भएका व्यक्तिहरुलाई राख्न निमार्ण गरिएको क्वारेन्टाइनहरु महिला मैत्री नभएको भन्दै आईतबार नारी जागरण केन्द्र धादिङले जिसस प्रमुख नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन । संस्थाले आइतबारनै धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई समेत ज्ञापन पत्र बुझाएका छन्  । विश्व स्वास्थ्य संस्था संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनहरू महिला मैत्री नभएको भन्दै सरकारको ध्यानाकर्षण गराईएको नारी जागरण केन्द्र धादिङका कार्यकारी निर्देशक भगवती उप्रेतीले बताउनुभयो ।

विभेद रहित तवरमा नागरिक समाजलाई सहभागी गराउनु पर्ने, महिला पुरुषको लागी अलग र छुट्टै शौचालय र सुरक्षित कोठा भएको क्यारेन्टाइनको व्यवस्था गरिनु पर्ने, एक घर एक पिसिआर टेष्ट को अभियान चलाउनु पर्ने, प्रदेश स्तरीय प्रयोगशालाको प्रभावकारी व्यवस्था गरिनु पर्ने, अनुगमन प्रतिवेदनको नियमित सार्वजनिकिकरणको व्यवस्था मिलाउनु पर्ने लगाएतको माग राखी ध्यानाकर्षण पत्र बुझाएको उप्रेतीले बताउनुभयो ।जिल्लामा बनेका क्वारेन्टाइन र आइशोलेशन कक्षहरु मापदण्ड अनुसारको हुनुपर्ने, कोरोना भाइरस सम्बन्धी भएका खर्च र प्रगति बिवरण प्रदेश सरकारको तर्फबाट नियमित सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्ने, समाजका रोगी, गरीब, श्रमिक, महिला,जेष्ठ नागरिक, वर्ग र समुदायको लागि विशेष प्याकेज सहितको कार्यक्रम लागु गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ,‘नेपालको संविधान २०७२ अनुसार आर्थिक समृद्धि, विकास र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र  सहभागिता मुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार लोकतन्त्रका लाभहरुको समानुपातिक, समावेशी, सहभागिमुलक न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप स्थानीय श्रोत साधनको समुचित परिचालन मार्फत सहकारिता, सहअस्तित्व, पारस्परिक जवाफदेहिता र समन्वयलाई प्रवद्र्धन गर्दै भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशीलता कायम भएको छ ।‘ कार्यक्रममा नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेती र नारी विकास सहकारी संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार