धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसले पायो क्युएएको मान्यता

धादिङ,१० असार ।
धादिङको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै नीलकण्ठ बहुमुखी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ । विश्व विद्यालय अनुदान आयोगले अनलाइन मार्फत आयोजना गरेको एक कार्यक्रमकाबीच क्याम्पसलाई क्युएएको प्रमाणपत्र प्रदान गरेको हो ।

शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार गर्न सफल भएका कारण नीलकण्ठ बहुमुखी क्याम्पसले क्युएएको मान्यता पाएको क्याम्पस प्रमुख नवराज शर्माले बताउनुभयो । क्याम्पसका उपप्राध्यापक र कर्मचारीहरुको अहोरात्र खटाइले मात्र क्यूएए प्राप्त भएको क्याम्पस प्रमुख शर्माको भनाई छ ।

२०५४ सालमा स्थापना भएको नीलकण्ठ क्याम्पसमा स्नाकोत्तर तहसम्म पढाइ हुदै आएको छ भने क्याम्पसमा आठ सय विद्यार्थी रहेका छन् । क्यूएए प्राप्त गर्ने नीलकण्ठ क्याम्पस धादिङको पहिलो क्याम्पस हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार