खेलकुद क्षेत्रमा अध्यक्ष तामाङको सकृयता,निर्माणधिन खेलकुद मैदान अवलोकन

धादिङ,२० असार ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले गंगाजमुनाको निर्माणधिन डाँडागाउँ खेलकुद मैदान अवलोकन गर्नुभएको छ । अध्यक्ष तामाङले धादिङको गंगाजमुना गाउँपालिका ६ मा निर्माणधिन डाँडागाउँ खेलकुद मैदानको स्थलगत अनुगमन गर्नुभएको हो । अवलोकनको क्रममा उहाँले खेल मैदान निमार्णमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मैदान स्तरोन्नति तथा निर्माण गर्न केन्द्र सरकारले १० लाख रुपैयाँ छुट्याएको छ । 

अध्यक्ष तामाङले जिल्लामा रहेको सवै खेलमैदानलाई व्यवस्थित गर्दै वडा वडाका युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने योजना रहेको बताउनुभयो । खेलका गतिविधि शुन्य हुदा गाउँमा भएका खेलाडीहरु बिस्थापित हुने अवस्था आउने भन्दै खेलाडीहरुलाई प्रोत्साहन गर्न टोलटोलमा खेलमैदान निर्माण गर्ने योजना रहेको बताउनुभयो । यसअघि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले धादिङको ज्वालामुखी गाउपालिका–७ स्थित निर्माणाधिन धारापानी  खेल मैदानको अवलोकन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार