चेल्सी र आर्सनल विजयी

काठमाडौं । दुई लण्डन क्लब चेल्सी र आर्सनलले प्रिमियर लिगको पछिल्लो खेलमा जित हात पारेका छन् । चेल्सीले वाटफोर्डलाई ३-० ले पराजित गर्दा आर्सनलले वल्भ्सलाई २-० ले हरायो ।

चेल्सीका लागि ओलिभर जिरुड विलियन र रोस बार्कलेले गोल गरे । जितपछि ३३ खेलबाट ५७ अंक जोड्दै चेल्सी म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै चौथो स्थानमा फर्किएको छ । समान खेलाट ५५ अंकसहित युनाइटेड पाँचौमा छ ।

उता अर्को लण्डन क्लब आर्सनलका लागि बुकायो साका र अलेक्जान्डर लाकाजेटले एक-एक गोल गरे ।

जितपछि आर्सनलले शीर्ष ६ मा पर्ने सम्भावनालाई कायम राख्दा वल्भ्सलाई भने धक्का लागेको छ । यद्यपि ३३ खेलबाट २ अंकसहित वल्भ्स छैटौं स्थानमा यथावत नै छ । समान खेलाबाट ४९ अंक जोड्दै आर्सनल सातौं स्थानमा उक्लेको छ 

अनलाईन खवर बाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार