परदेशीका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामाग्री वितरण

धादिङको नीलकण्ठ नगरपालिकाले बैदेशिक रोजगारको कारण समस्यामा परेका अभिभावकका वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।सुरक्षित आप्रवासन (सामि) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाले नगरभित्रका ७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको सामि परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो।परदेशमा मृत्यु भएका २ जना,बेपत्ता भएका ४र भनेको जस्तो कमाई नभएर फर्किएका १ जना गरी जम्मा ७ जनालाई प्रतिव्यक्ती ६ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरीएको छ।

शैक्षिक सामाग्री नभएकै कारण वालबालिकाहरुलाई विद्यालय पठाउन समस्या भएकाहरुको पहिचाहन गरी शैक्षिक सामाग्री वितरण गरीएको मनोविमर्शकर्ता रामकुमार थापाले बताउनुभयो।व्यक्तिगत मनोपरामर्श कक्षा सन्चालन भईरहेका ७ जनाकै बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरीएको हो।आईतबार एक कार्यक्रमको आयोजना गरी प्रति व्यक्ती १ थान विद्यालय झोला,१ सेट विद्यालय पोशाक,६ दर्जन कपी,डेढ दर्जन सिसाकमल,१ थान क्याल्कुलेटर,१ थान ज्यामिट्री बक्स,१ प्याकेट कलर,१ वटा सामान्य ज्ञान लगायत शैक्षिक समाग्री वितरण गरीएको हो । 

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद बश्यालले कामको सिलसिलमा परदेश गएर समस्यामा रहेका बालबालिकाका अभिभाकहरुलाई वितरण गर्नुभएको हो ।सामि परियोजनाबाट प्रवाह भएको सेवा प्रभावकारी भएको भन्दै उहाँले आगामी दिनमा पनि वैदेशिक रोजगारको कारण समस्यामा रहेका परिवारलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार