धादिङको कालिका आधारभुत बिद्यालयमा कक्षा कोठामा नै पठनपाठन सुरु

धादिङबेशी । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कालिका आधाभूत विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यार्थीहरुलाइ विद्यालयमा नै बोलाइ उच्च सतर्कताका कक्षा संचालनमा ल्याइएको हो ।
हप्ताको दुई दिन चार घण्टा पढाई सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक रोहिणीप्रसाद कोइरालाले मैनबत्ति डटकमलाई जानकारी दिनुभयो ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट बिद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गर्दै बैकल्पिक शिक्षा प्रयोग गरि पठनपाठन शुरू गर्न निर्देशन दिइसकेको छ ।

लामो समयदेखि बन्द रहेको विद्यालय खुलेसँगै विद्यार्थी ,अभिभावक र सरोकारवालाहरु सबै खुशी भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार