धादिङमा निजी विद्यालयका शिक्षकहरु आन्दोलित

धादिङ,२८ असार। 
धादिङमा निजी विद्यालयका शिक्षकहरु तलव दिनुपर्ने माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा तलब–सुविधा नपाएको भन्दै धादिङका निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका हुन ।

आईतबार सदरमुकाम धादिङबेशीमा निजी विद्यालयका शिक्षक तथा कर्मचारिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले लकडाउन अवधिको सेवा सुविधाका साथै तलव दिनुपर्ने माग गरेका छन् । निजी बिद्यालयका शिक्षकहरु समस्यामा पर्दा पनि सरकार मौन रहेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।  शिक्षक कर्मचारीहरु यो शैक्षिक सत्रमा समेत प्रतिबद्ध भएर नियमित कार्य सम्पादन गरिरहदा पनि निजी विद्यालयका संचालकहरुले बेवास्ता गरेको, विद्यालयले नियुक्ती पत्र पनि नदिएको भन्दै आन्दोलित हुनु परेको आन्दोनमा सहभागि शिक्षक शक्तिमान लामाले बताउनुभयो ।

आन्दोलनमा सहभागि शिक्षकहरुले कोरोनाले भन्दा भोकले मरिने भो, निजी क्षेत्रका शिक्षकहरुको सामाजिक सुरक्षा सुनिश्चित गर, निजी क्षेत्रका शिक्षकहरुलाई नियुक्तिपत्र जारी गर, दयाको शब्द चाहिँदैन, खाली पेट मार्न पाईदैन,  सेवा हामीले रोकेनौँ, भोकले आँखा देखेनौँ, दया हामीलाई चाहिँदैन, अधिकार खोस्न पाईदैन, विद्यालय सञ्चालक, हाम्रो तलबको व्यवस्था गर  लगाएतको नाराहरु लेखिएको प्लेकार्ड बोेकका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार