मलेखुको खेलमैदान निरिक्षण गर्दै खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङ

धादिङ,३० असार ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले मलेखुमा रहेको खेल मैदानको निरक्षण गर्नुभएको छ । मंगलबार बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मा निर्माण सम्पन्न हुने चरणमा रहेको मैदानको स्थलगत अनुगमन गर्नुभएको हो ।
मैदान स्तरोन्नति तथा निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  २५ लाख ५ हजारको लागतमा निर्माण हुन लागेको खेल मैदानमा ५ लाख ५ हजार भने श्रमदान रहेको बेनिघाट रोराङ खेलमैदान निर्माण योजनाका अध्यक्ष भुवन सिलवालले बताउनुभयो ।

प्राविधिक स्टमेट अनुसार सबै कार्यहरु कुनै पनि नराम्रो नहुने गरी आफ्नै क्षेत्रको विकासको लागि वर्खामासमा पनि दिनमा ६५÷७० जना मजदुर लगाएर काम गरेको सिलवालले बताउनुभयो । खेलमैदानमा विशेषगरी कबर्ड हल राख्ने , त्यो भित्र भलिबल, ब्याडमिन्टन, विभिन्न सभा गोष्ठीहरु समेत राख्नमिल्ने गरी निर्माण हुने उहाँको भनाई छ ।

निरिक्षणको क्रममा अध्यक्ष तामाङले स्तरिय खेल मैदान बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले जिल्लामा रहेको सवै खेल मैदानलाई व्यवस्थित युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने योजना रहेको बताउनुभयो । यस्तै खेलका गतिविधि शुन्य हुदा गाउँमा भएका खेलाडीहरु बिस्थापित हुने अवस्था आउने भन्दै खेलाडीहरुलाई प्रोत्साहन गर्न टोलटोलमा खेलमैदान निर्माण गर्ने योजना समेत रहेको बताउनुभएको छ । खेलमैदानको राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव रमेश सिलवालले समेत अनुगमन गर्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले जिल्लाको विभिन्न स्थानमा निर्माणाधिन खेल मैदानको स्थलगत अनुगमन गर्दै आउनुभएको छ । अनुगमनमा जिल्ला खेलकुद विकास समिति धादिङका सदस्य सचिव कृष्णलाल श्रेष्ठ,कराँतेका जिल्ला ईन्चार्ज भिम गुरुङ लगाएतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार