नेपालका ४८ फुटबल खेलाडी सम्मानित

काठमाण्डौ । फुटबलर्स मिसन टुगेदर एफएमटीले बुधबार महिला र पुरुष पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एफएमटीले सम्मान कार्यक्रमको आयोजना गरी २० महिला तथा २८ जना पुरुष पूर्व राष्ट्रिय फुटबल खेलाडीहरुलाई सम्मान गरेको हो ।

एफएमटीले सनु १९८३ पछिका पुरुष खेलाडी तथा सन् २०१० सम्मका महलिा खेलाडीलाई सम्मानपत्र दिएर सम्मान गरेको छ । यसैबिच कार्यक्रममा राखेपका पूर्व सदस्य सचिव स्वर्गीय राज बहादुर सिंह र शम्भु बास्तोलालाई मौन धारण गरी श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

यसरी सम्माजित हुने महिला खेलाडीमा महिलातर्फ अनु लामा, दिपा क्षेत्री,मिरा महर्जन,भगवती थापा,जमुना गुरुङ, उषा भण्डारी, निरु थापा, तुलाषा सिंह चन्दा भण्डारी, मनमाया मगर, प्रमिला राई, अस्मिता खवास, सपना लामा,नमिता दाहाल, लक्ष्मी पौडेल, दिपा अधिकारी,सजना राना मगर, विनिता श्रेष्ठ, रन्जना दर्जी, निशा देवान र दिपा अधिकारी रहेकी छिन् ।

यस्तै पुरुषतर्फ गणेश थापा, धिरेन्द्र कुमार प्रधान, नरेन्द्र श्रेष्ठ, कृष्ण बहादुर थापा, राजुकाजी शाक्य, श्रीराम रंजितकार, विनय श्रेष्ठ, भिक्टर राणा, अजय मानन्धर, लोक बहादुर शाही,गोपाल श्रेष्ठ, दिपक हर्ष बज्राचार्य, बिदुर बिष्ट र राम दर्शन गुरुङलाई सम्मान गरिएको हो ।

यसैगरी किरण राई, मोहन शाही, सुरेश बस्नेत पुनम थापा, जीवन श्रेष्ठ, रजतमान तुलाधर,वरुण मानन्धर,कृष्ण आले,डम्बर सिंह गुरुङ, दिनेश थापा, यम बहादुर घले, र राजेश मानन्धर भक्तराज कर्णिकार र मान बहादुर मल्ल पनि सम्मानित भएका छन् ।

कार्यक्रममा उपस्थित एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले एफएमटीको सम्मान कार्यक्रमले पुराना र नयाँ पुस्ताबिचको समबन्ध गाँस्न सहयोग पुर्याउने अपेक्षा गरेका छन् ।

सम्मानित सबै ४८ जना खेलाडीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार