अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयको निर्णय

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन, एनप्याब्सनले बिहीबारदेखि देशभर लागू हुनेगरी अनलाइन र दूरशिक्षाको पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।

विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेकाले आज देखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गरिएको प्याब्सन, एनप्याब्सनद्धारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै निजी विद्यालयका शिक्षक, कर्मचारीलाई समेत बेतलबी बिदामा राख्ने निर्णय समेत गरिएको छ । लकडाउनका अवधिमा पनि अध्ययन अध्यापनलाई निरन्तरता दिने सरकारको निर्णय अनुसार निजी विद्यालयहरुले गत असार १ गतेदेखि अनलाइन, रेडियो र टेलिभिजनका माध्यमबाट वैकिल्पक कक्षा सञ्चालन गर्दै आएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार