धादिङमा बाढि–पहिरोको जोखिममा रहेका ७१ घर स्थानान्तरण


धादिङमा अविरल वर्षापछि आएका बाढी–पहिरोका कारण  सयौँ घर परिवार जोखिममा परेका छन् । आईतबार देखिको लगातार वर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी–पहिरोका कारण जोखिममा परेका ७१ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अविरल वर्षाका कारण बाढी–पहिरोका कारण जोखिममा परेकामध्ये गल्छी गाउँपालिका–७ भल्टारका ५ घर विस्थापित हुदा छिमेकीको घरमा वसेका छन् ।

गजुरी गाउँपालिका–२ सुन्दरगाउँमा ९ घर गजुरीको सिटिभिटीमा, सिद्धलेक–७ मरेडाँडाका १९ घर कुण्डेश्वर मा.वि मा, त्रिपुरासुन्दरी गाउँपालिका गोलाङमा ३ घर महादेव मन्दिरमा, नीलकण्ठ नगरपालिका–१४ देउराली गाउँका २ घर छिमेकीको घरमा वसोवास गरेका छन् । त्यसैगरी वेनिघाट रोराङ–३ आपखर्कका २० घर सत्यदेवी बिद्यालयमा, सिद्धलेक गाउँपालिका–७ भैँसेका ७ घर जमुना डाँडामा त्रिपाल राखि वसेको, वेनिघाट–१० जवाङखोलाका १ घर छिमेकीको घरमा वसेको र वेनिघाट रोराङकै अन्य ५ घर भने आफन्तको घरमा बस्दै आएका छन् ।  

साउन ४ गतेदेखी परेको अविरल बर्षाको कारण धादिङमा ठुलो जन धनको क्षती भएको छ । वर्षाका कारण राजमार्ग क्षेत्रको १६ स्थानमा पहिरो गएको छ । चालिसे, चरौँदी, गलौँदी, जहरेखेत, वेल्खु, फुर्केखोला, सोतीखोला, वाँदरमोड, जवाङ खोला, वेनिघाट, मौवाखोला, खयर घारी, वादँरे भिर लगाएतको स्थानमा पहिरो खसेको छ । केही स्थानमा सडक सफा गरेर एकतर्फी रुपमा यातायात सुचारु गरिएको छ । त्यस्तै वर्षाको कारण भासिएको चितवन र धादिङको सिमाना जोड्ने मौवाखोलाको पुल मर्मतको कार्य सुरु भएको छ । 

अहिले सडक विभागको जेसिवीले पहिरो हटाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । पहिरोका कारण पुलको पिलरहरुको धेरै क्षेती भएकोले ग्याल्विङ वक्स हालेर मर्मत गरिने तामाङले बताउनु भयो ।सय जना सुरक्षाकर्मी र लेवरहरुले पुल मर्मतको कार्य सुरु गरिएको र सम्भवत भोलिसम्म एकतर्फी रुपमा यातायात सुचारु गर्नसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । त्यस्तै आईतबार देखिको वर्षाका कारण धादिङको ७१ घरधुरी स्थानान्तरण भएको छ । 

बाढि पहिरोबाट बिस्थापित भएकाहरुलाई राहत,उद्धार र घाईतेको उपचार सहयोगका लागि तिनै तहको सरकारबाट समन्वय भईरहेको छ ।जिल्लाका राजनीतिक दलहरुले समेत यो दुखद घडिमा सहयोग गर्नको लागि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार