धादिङको सिद्धलेकमा एक जनाको शव फेला

धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नयाँबस्तिमा एक जनाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका वडा नं १ को ५५ वर्षिय रेशम बहादुर सिलवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

सिलवाल साउन ८ गतेदेखि परिवारको सम्पर्कमा थिएनन् । लडेर रुखमा अड्किएको अवस्थामा उनको शव फेला परेको खड्काले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि धादिङबेशी ल्याउने तयारी भईरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार