धादिङ रेडक्रस द्धारा सिद्धलेकका पहिरो पीडितलाई राहत बितरण


धादिङ १० साउन।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ द्धारा सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का पहिरो अतिप्रभावित परिवारलाई राहत वितरण गरिएको छ। जिल्ला शाखा धादिङले शनिवार एक कार्यक्रमका बीच सिद्धलेकका ५३ घर परिवारलाई राहत वितरण गरेको हो।
अविरल बर्षाको कारण धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ को धारापानी,हात्तिसुढा,भैँसे,भालडाँडा र चामडाँडाका ८४ घर परिवार प्रभावित बनेका छन् । पहिलो चरण अन्तरगत शनिवार अतिप्रभावित ५३ घरपरिवारलाई राहत वितवरण गरीएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापती नारायण तिमल्सिनाले बताउनुभयो ।
वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण खतिवडाको अध्यक्षतामा सम्पन्न भएको राहत वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । ५३ घरपरिवारलाई त्रिपाल,कम्मल,भाँडाकुँडा,बाल्टि लगायतको सामाग्री वितरण गरीएको छ।पहिरोको कारण वडा नम्बर ७ को हात्तिसुढामा ८ घर,धारापानीमा १३ घर,भैसेमा २२ घर,आलडाँडामा २० घर,अमिलीछाँपमा ५ घर,खत्रिखोलामा १ घर,पड्के खोलामा २ घर,चामडाँडामा १० घर,मरेडाँडामा २ घर,पिलटारमा १० घर,आदमटारमा ३ घर र आपटारमा १ घर पहिरोबाट प्रभावित बनेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार