धादिङमा सवारी पास दिन बन्द

धादिङ,१६ श्रावण ।
धादिङमा जिल्ला प्रशासन कार्यालयले दिदैँ आएको सवारी पास बन्द गरेको छ । धादिङबाट काठमाडौँ लगाएतका जिल्ला प्रबेशको लागि प्रदान गरिदै आएको सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

बिहिबारसाँझ देखि लागुहुने गरि गृह मन्त्रालयले अर्को सूचना जारी नहुँदा सम्म साँझ ७ बजे देखि बिहान ७ बजे सम्म काठमाडौ प्रवेस नाकाबाट जाने सवारी साधनलाई पास बन्द गर्न सूचना जारी गरेको थियो, सोहि सुचना अनुसार धादिङमा पनि सवारी पास बन्द गरिएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले देशका बिभिन्न स्थानबाट काठमाडौ प्रवेस गर्ने नाकामा चेकजाँच गर्दा ठुलो सङ्ख्यामा कोरोना पोजेटिभ भेटिएको र जिल्लाको आन्तरिक रुपमा सार्वजनिक सवारी सञ्चालनमा आएकाले काठमाडौँ लगाएत अन्तर जिल्लामा प्रशाशनबाट जारी हुने पास हाल बन्द गरिएको जनाएको छ ।

आज शुक्रबार १० बजे सम्ममा पास लिन आएका २ सय भन्दा बढी व्यक्तिहरुलाई पास दिन नमिल्ने बताउँदै प्रशासनले फर्काइ दिएको छ । यसैगरी प्रशासनले एम्बुलेन्स भन्दा अन्य गाडीमा बिरामी लान समेत नसकिने भन्दै सर्वसाधारणलाई फर्काईदिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार