निर्णय गरेको ६ महिनापछि बैतडीमा पुग्यो पिसीआर मेसिन, उद्घाटन गरेसंगै परिक्षण थाल्ने तयारी

पिसीआर प्रयोगशालाको उद्घाटन

पिसीआर प्रयोगशाला
पिसीआर प्रयोगशालाको उद्घाटन कार्यक्रम

बैतडीः बिहिबार जिल्ला अस्पताल बैतडीमा स्थापना भएको पिसीआर मेसिनको उद्धघाटन भएको छ। जिल्ला अस्पताल बैतडीमा स्थापना भएको प्रयोगशालाको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गरेका छन्।

प्रदेश सरकारको करिब ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताए। प्रयोगशाला उद्घाटनपछि अब बैतडीमै कोरोनाको परीक्षण पनि सुरु भएको छ।

यसअघि कोरोना परीक्षणका लागि डडेल्धुरा, कैलाली स्वाब पठाउनुपर्ने अवस्था रहेकोमाअब जिल्लामा कोरोना परीक्षण हुने जिल्ला अस्पतालका प्रमुख डा.डम्मरजंग सिंहले बताए। बैतडीमा पीसीआर प्रयोगशाला स्थापना भएपछि दार्चुलाका नागरिकलाई समेत सहज हुने भएको छ।

प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय गरेको करिब ६ महिनापछि बैतडीमा प्रयोगशाला सञ्चालनमा आउन लागेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार